असार १ गतेदेखि विद्यालयहरू सञ्चालनको तयारी
काठमाडौँ । सरकारले आगामी असार १ गतेदेखि विद्यालयहरूको कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीसँग छलफल गर्दै वैकल्पिक विधिबाट शैक्षिक सत्रको कक्षा सञ्चालन गर्ने निर्णय गरेको हुन् ।
शैक्षिक सत्र सञ्चालन र व्यवस्थापन गर्न स्थानीय तहलाई नै सम्पूर्ण अधिकार दिइएकाले कार्य विधि कार्यान्वयन गरी कक्षा सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । विद्यार्थीहरू जहाँ छन्, त्यही बसेर आफ्नो सिकाईलाई निरन्तरता दिन सकुन् भन्ने मन्त्रालयको निष्कर्ष रहेको छ ।
विद्यार्थीको परीक्षा मूल्यांकन गर्ने विभिन्न विधि प्रक्रिया अपनाउन स्थानीय सरकार र विद्यालय स्वयंले निर्णय गर्न सक्ने मन्त्रालयले जनाएको छ । यस्तै, पाठ्य पुस्तक अघिल्लो वर्षको जस्तै विद्यार्थीको घरघरमा उपलब्ध गराउन सरकारले अपिल गरेको छ ।
कोरोना भाइरस (कोभिड-१९) महामारीको दोस्रो लहर फैलिएसँगै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा हुँदा विद्यालयहरू बन्द रहेका छन् ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया