आइतबार, चैत १०, २०८१

सुदूरपश्चिममा पुग्यो ८५ हजार डोज खोप

मेरोन्यूज २०७८ जेठ २४ गते १५:०३

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसविरुद्धको ८५ हजार डोज खोप पुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले सबै जिल्लालाई हस्तान्तरण गरिसकेको छ । स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने जानकारी दिए ।

केन्द्रबाट आएको खोप जिल्लामा वितरण गरिएको छ । उनले सुदूरपश्चिमका सबै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए ९३ डोज हस्तान्तरण गरिएको बताए । आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई ७ हजार ५७०, अछामलाई ४ हजार १०२, डोटीलाई ३ हजार २० डोज हस्तान्तरण गरिएको छ ।

त्यसैगरी डडेल्धुरालाई २५८, बैतडीलाई ३ हजार ७८०, दार्चुलालाई ३ हजार २४३, बझाङलाई ३ हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई ४ हजार ४४२ दिइएको छ । यसअघि सुदूरपश्चिममा कोरोना संक्रमणसित अग्रपंक्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।

प्रतिक्रिया