अमेरिकी उपराष्ट्रपति चढेकी विमानमा समस्या, आकस्मिक अवतरण

काठमाडौँ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस चढेको विमानमा खराबी आएसँगै आकस्मिक अवतरण गरिएको छ । उनी एक हप्ताको भ्रमणका लागि ग्वाटेमाला जाने क्रममा विमानमा खराबी आएको हो ।
उपराष्ट्रपति ह्यारिस चढेको विमान उडेको २५ मिनेटमा नै खराबी देखिएको हो । विमानमा खराब देखिएसँगै अमेरिकाकै एक विमान स्थलमा ल्याण्ड गरिएको थियो ।
उपराष्ट्रपति बनेसँगै उनी पहिलोपटक भ्रणममा निस्किएकी हुन् । आकस्मिक विमान अवतरण भएसँगै ह्यारिसले बाटो ठिक छ रु भनेर प्रश्न गरेकी थिइन् । ह्यारिससँगै भ्रमणमा रहेका उनका प्रवक्ता साइमन स्याण्डर्सले विमानमा एक सामान्य समस्या भएको बताएका छन् ।
उपराष्ट्रपति ह्यारिसले यस हप्ता ग्वाटेमाला र म्याक्सिकोको भ्रमण गर्ने भएकी हुन् । कोरोना महामारीका बीच उनको यात्राले अमेरिकासँग यी देशहरूको सम्बन्ध बलियो हुने विश्वास गरिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनकी विशेष दूतका रुपमा उपराष्ट्रपतिले ती दुई मुलुकको भ्रमण गर्न लागेकी हुन् । उनले सीमामा भइरहेको तस्करी नियन्त्रण र भ्रष्टाचार नियन्त्रणका उपायबारे अमेरिकी धारणा सार्वजनिक गर्ने छिन् ।
राष्ट्रपति बाइडेनले उपराष्ट्रपतिलाई अमेरिका–मेक्सिको सीमामा उत्पन्न आप्रवासनका ठोस कारणहरु पत्ता लगाई त्यसको निराकरणका उपाय पहिल्याउन विशेष जिम्मेवारी दिएका छन् । उपराष्ट्रपतिका सल्लाहकार टोलीका अनुसार ग्वाटेमालाका राष्ट्रपति अलेज्यान्ड्रो जियामाट्टीसँग सोमबार तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मेनुअल लोपेज ओब्राडोरसँग मंगलबार हुने बैठकमा भ्रष्टाचार नियन्त्रणका उपायका बारेमा छलफल हुने छ । एजेन्सी
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया