‘ओ माई गड २’ मा यमी

काठमाडौँ । बलिउड चलचित्र ‘ओ माई गड २’मा विवाहपछि यमी गौतमले अभिनय गर्ने भएकी छन् । अक्षय कुमार अघिल्लो पार्टमा भगवानको भूमिकाको जस्तै २ मा पनि भगवानकै पात्रमा देखिने छन् ।
फिल्ममा अक्षय र पंकज त्रिपाठी अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले गौतमलाई छानेको हो । केही दिनअघि निर्देशक आदित्य धरसँग विवाह गरेकी उनको फिल्ममा महत्त्वपूर्ण रोल रहेको बताइएको छ ।
पहिलो भागमा एक व्यक्तिको भगवानसँगको लडाईं देखाइएको थियो । अब फिल्मको कहानीमा ट्विस्ट दिँदै तीन चरित्रलाई लिडमा राखिएको छ । यमी पहिलोपटक अक्षय कुमारसँग काम गर्नका लागि निकै उत्साहित छिन् । फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् ।
सन् २०१२ मा रिलिज भएको सुपरहिट चलचित्र ‘ओ माई गड’ को आउँदो सेप्टेम्बरबाट छायांकन सुरु हुने हिन्दी समाचारमाध्यमले जनाएका छन् । ‘ओ माई गड’लाई उमेश शुक्लाले निर्देशन गरेका थिए भने दोस्रोपार्टमा निर्देशन अमित रायले गर्ने भएका छन् । फिल्मको डेढ वर्षदेखि स्क्रिप्टमा काम भइरहेको निर्माता पक्षले जनाएको छ ।
















प्रदेश प्रमुख मियाँ र मुख्यमन्त्री शाहबीच भेट
आज विश्व औलो दिवसः नेपालमा आयातित औलोका बिरामी बढी
दूधमतीमा भव्य शाही स्नान, साँझ सवा लाख दीप जलाइने
कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु
दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु
नेपाल ‘ए’ ओमानसँग पराजित
संसदका दुवै सदनको अधिवेशन आह्वान
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
प्रतिक्रिया