मुख्यमन्त्री भट्टलाई मत नदिने ओलीका ७ सांसदलाई नेपाल पक्षले साेध्याे २४ घन्टे स्पष्टीकरण
स्पष्टीकरण चित्तबुझ्दाे नभए काबाहीकाे चेतावनी

काठमाडाैं । नेकपा (एमाले)काे माधवकुमार नेपाल पक्षले सुदूरपश्चिम प्रदेशका मुख्यन्त्री त्रिलाेचन भट्टकाे विपक्षमा मत दिने ७ सांसदलाई २४ घन्टे स्पष्टीकरण साेधेकाे छ । प्रदेशसभा संसदीय दलकाे निर्देशन उल्लंघन गरेकाे भन्दै उनीहरूलाई स्पष्टीकरण साेधिकएकाे हाे ।
स्पष्टीकरण साेधिएका सातै जना ओली खेमाका सांसद हुन् । उनीहरूले मुख्यमन्त्री भट्टकाे विपक्षामा मतदान गरेका थिए । संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका हुन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो ।
उनीहरूलाई भाेलिसम्म स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकाे छ । स्पष्टीकरण चित्तबुझ्दाे नभए राजनीतिक दलसम्बन्धी ऐन तथा पार्टी विधानअनुसार कारवाही हुने पत्रमा उल्लेख छ ।
सुदूरपश्चिम प्रदेशसभाका संसदीय दलमा नेपाल पक्षकाे अत्याधिक बहुमत छ । प्रदेशसभामा एमालेकाे २५ सांसदमध्ये नेपाल पक्षका १७ र ओली पक्षका ७ जना छन् ।











पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो
रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया