बजेटमा समेटिएका सबै कार्यक्रमहरु कार्यान्वयन हुन्छन्- अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । बजेट कार्यान्वयनमा दुविधा र अन्योल नराख्न अनुरोध गर्दै उनले बजेट कार्यान्वयनमा आश्वस्त हुन आग्रह गरे ।
अनेरास्ववियूको ध्यानाकर्षण पत्र बुझेपछि अर्थमन्त्री पौडेलले साउन १ गतेदेखि बजेट कार्यान्वयनलाई द्रूत गतिमा अघि बढाउन आवश्यक पर्ने कार्यविधि चालु आर्थिक वर्षको असार मसान्तभित्र तयार गरिसक्ने जानकारी दिए ।
आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय पनि तयारीको चरणमा रहेको उल्लेख गर्दै उनले अर्थ मन्त्रालयले पनि बजेट कार्यान्वयनका लागि गृहकार्य सुरु गरिसकेको बताए ।
अर्थमन्त्री पौडेलले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत देशभरका सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार तीन वर्षभित्र निर्माण गरिसक्ने र आगामी आर्थिक वर्षमा १ हजार ५०० सामुदायिक विद्यालय र क्याम्पसको पूर्वाधार निर्माण प्रारम्भ गर्ने जानकारी दिए ।
यसैबीच अर्थमन्त्री पौडेलले नेपाल धितोपत्र बोर्डको २९ औं वार्षिकोत्सव कार्यक्रममा पूँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रुपमा लिएको बताए । उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पूँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन समेत दिए ।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया