कुवेतमा नेपालीलाई राेजगारी बढाउने विषयमा छलफल
मेरोन्यूज
२०७८ जेठ २५ गते २०:२२

काठमाडाैं । कुवेतमा नेपाली कामदारलाई राेजगारीकाे अवसर बढाउने विषयमा छलफल भएकाे छ । कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेतका परराष्ट्र मन्त्रालयका उपमन्त्री अहमद इब्राहिम अल दफरीबीच आज भएकाे भेटवार्तामा उक्त विषयमा छलफल भएकाे हाे ।
भेटमा विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण, कुवेत र नेपालमा कोभिड-१९ को संक्रमणको हालको अवस्था लगायत संक्रमण रोकथाम तथा उपचारको क्षेत्रमा दुई देशबीच आपसी सहयोग अभिवृद्धि गर्ने विषयमा छलफल भएको दूतावासले जनाएकाे छ ।
नेपाली कामदारहरूले कुवेतको श्रम बजारमा प्राप्त गरेको रोजगारीको अवसर तथा यस क्षेत्रमा पुर्याएको योगदान, रोजगारीको सुरक्षा र हालको अवस्था लगायत थप अवसरहरूमा नेपालीहरूको संलग्नता अभिवृद्धि गर्दै लाने विषयमा पनि उनीहरू बीच छलफल भएको थियो ।
सम्बन्धित















नबिल बैंकले १६ स्थानमा सीपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
धूम्रपान नियन्त्रणका लागि बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ
प्रहरी प्रतिष्ठान नसार्ने सरकारको निर्णय
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
दोहोरो अंकले घट्यो नेप्से, करिब साढे पाँच अर्बकाे काराेबार
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
प्रतिक्रिया