आजको राशिफल : ज्येष्ठ २६ गते बुधबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २६ गते बुधबार, ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि । अब लागौं राशिफलतर्फ ।
मेष
तुरुन्तै कडा खलाको त तुरुन्तै नरमखाले विपरित लाग्ने खालको बोलीको स्वरुप देखा पर्न जाने छ । यसले गर्दा खासगरी परिवारका सदस्यहरुमा अन्योलता बढन पुग्ने छ । पेशागत जीवन सकारात्मक रहने छ । तर सुख सुविधाको अभाव हुन जाने छ । सेना, प्रहरी, सुरक्षा फौज, घर घडेरी, सेक्युरिटी सेवा, होटल रेष्टुरेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई समय चुनौतिपूर्ण छ ।
वृष
दृढ ब्यक्तित्व बन्ने भए पनि मनमा भने दुविधाले डेरा जमाउने छ । यसले गर्दा अन्योलखाले ब्यक्तित्व बन्न पुग्ने छ । आत्माविश्वासी व्यक्तित्व हुने छ । रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । पराक्रमी र मेहनतपनामा ब्यापक गिरावट आउँदा कामहरु गर्नमा जाँगर चल्ने छैन । भाग्य बलियो रहेकाले साह्रै नकारात्मक हुने अवस्थाबाट भने जोगाउने छ । आम्दानीमा भने केही बृद्धि हुने छ ।
मिथुन
मनमा भने दुविधाले घेर्ने छ । आफ्नो बुद्धि र विवेकले काम नगर्दा अपजस आइ लाग्ने भएकाले यस विषयमा गम्भीर बन्नु होला । आम्दानीमा भने बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा त्यसले गुणात्मक परिणम दिने छ । कल कारखाना, फलाम, उद्योग, भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा रहेकाहरुलाई समय प्रतिकुल रहने छ । अध्ययन अध्यापनमा भने तिब्रता आउने छ ।
कर्कट
आफ्नो लक्ष्य र सपना पुरा गर्न केन्द्रीत हुने व्यक्तित्व बन्ने भए पनि उक्त कार्य प्रति क्षणक्षणमा दुविधा देखा पर्नेछ । मनोबल कमजोर बन्ने भएकाले कमजोर खालको ब्यक्तित्व बन्न जाँदा आँटिलोपनामा पनि गिरावट आउने छ । शारीरिक कमजोरीले सताउने छ । विद्यार्थीहरुको पढाईमा अवरोध देखा पर्ने छ । सुरक्षा निकाय, सेना, प्रहरी, सेक्युरिटी गार्ड, ठेक्कापट्टा, प्रशासन क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
सिंह
पेशागत जीवनमा अस्थिरता आउने छ । सmझेदारीमा गरिएका काममा पनि गम्भीर बादविवादहरु देखा पर्ने छन् । आम्दानीमा भने हल्का बृद्धि हुँदा केही राहत प्राप्त हुन जाने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन देखा पर्ने छ । अस्पतालजन्य खर्च बढाई दिने छ । शारीरिक कमजोरी उत्पन्न हुने छ । संयमित रहनु पर्ने समय छ ।
कन्या
पैतृक सम्पत्तिको परिचलन र आड भरोसाले सुख सन्तोषको अवस्था ल्याउने छ । धनमा बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । दाम्पत्य जीवनमा भने तिक्तता देखा पर्न जाने छ । साझेदारीमा गरिएका काममा र प्राप्त गर्नु पर्ने पारिश्रमिक पाउने संघर्ष गर्नु पर्ने छ । अध्ययन अध्यापनमा सकारात्मक गति प्रदा हुने छ । व्यवस्थापन, राजनीति, औषधी आपूर्ति, आयात निर्यातको क्षेत्रमा संलग्नलाई फाइदा मिल्ने छ ।
तुला
मनमा असाध्यै दुविधा आउने छ । उदासिनता बढ्ने भएकाले आत्मबलको कमि हुने हुँदा अन्योलग्रस्त व्यक्तित्व बन्ने छ । पेशागत जीवनमा पनि समस्या देखा पर्ने भएकाले कार्यालयमा सचेत ढंगले प्रस्तुत हुनु होला । नरम बन्दा नै फाइदा हुने छ । रेष्टुरेण्ट, होटल, डान्स बार, बाउन्सर, सुरक्षा निकाय, खेलाडी, कुक आदी जस्ता पेशामा रहेकाहरुले प्रतिकुलताको सामना गर्नु पर्ने छ । संयमित भएर रहनु पर्ने समय छ ।
वृश्चिक
पेशागत जीवनमा एक हदसम्मको सन्तुष्टि र प्रगति हुने छ । जीवनसाथिको साथमा काम गरेमा उक्त कार्यले सफलता दिने छ । मनमा भने अलि नकारात्मक सोचाईले पछ्याउने छ । जीवनप्रति उदासिनता देखा पर्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । मनोबल कमजोर भएको व्यक्तित्व हुने भएकाले प्रतिष्पर्धिहरुले हेप्ने छन् । शारीरिक रुपमा पनि कमजोरी बढ्ने भएकाले शारीरिक अभ्यासलाई निरन्तरता दिनु होला । वाणिज्य, बैंकिङ्ग क्षेत्र, राजनीति, व्यवस्थापन, पत्रकारिता आदीमा संलग्नहरुलाई समय अनुकुल छ ।
धनु
लद्युताभाष बढ्न पुग्दा आफुले गरिरहेको काममा असफलता हुन्छु कि भन्ने मनमा त्रास लागि रहने छ । आफुलाई निकै कमजोर पात्र जस्तो अनुभुत हुने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा यस्तो अवस्थासँग जुधि अघि बढ्न निकै राहत मिल्ने छ । परिवारको भने साथ रहने छ । तर बोलीमा भने कडापना देखा पर्ने भएकाले यस विषयमा संयमित रहनु होला । चिकित्सक, सर्जन, अर्थाेपेडिक डाक्टर, सुरक्षा निकाय आदीमा सहभागिहरुलाई समय संयमित हुनु पर्ने खालको छ ।
मकर
उच्च दृढताले भरिएको व्यक्ति हुने छ । तर रिसको मात्रामा पनि उस्तै डिग्रि बढ्ने भएकाले यसलाई नियन्त्रण गर्न प्रयास गर्नु होला । आफु भन्दा मुनिका कामदार तथा सेवकको साथका कारण फाइदा मिल्ने छ ।साझेदारीमा गरिएका कामहरुमा झैझगडा हुने अवस्था आउने भएकाले सतर्क रहनु होला । आम्दानीमा गिरावट आउने भएकाले यसले परिवारमा दबाब उत्पन्न गराइ दिने छ । दाम्पत्य जीवनमा भने समस्या निम्तिने छ ।
कुम्भ
बौद्धिक व्यक्तित्व बन्ने छ । सामाजिक सेवामा सक्रिय हुन मन लाग्ने छ । कारुणिक स्वाभाव बढ्न जाँदा अरुलाई सहयोग गरौं गरौं लाग्ने छ । साझेदारीमा गरिएका कामले फाइदा दिने छ । पेशागत जीवन औसत रहेता पनि आम्दानीमा भने बृद्धि हुने छ । परिवारका सदस्यहरुले समर्थन दिने छन् । रोग ब्याधिसँग लड्ने क्षमता अर्थात रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने भएकाले यसबारेमा सतर्क रहनु होला । शारीरिक अभ्यासमा ध्यान दिनु होला ।
मीन
पढाईमा पटक्कै मन जाने छैन । भाग्यको साथ नरहेकाले परिवारका सदस्यहरु तपाईप्रति टाढिन जाने छन्m विचार पु¥याउनु होला । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु आउँदा अपमान सहनु पर्ने छ । सन्तानका गतिविधिबाट अपजस आइ लाग्ने छ । शिक्षा क्षेत्र, विद्यालय, कलेज, अध्यापन, शिक्षण, स्टेशनरी, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ । समय सतर्क भएर पाइला चाल्नु पर्ने खालको छ ।









डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
प्रतिक्रिया