संसद विघटनको मुद्दामा सुनुवाई हुने
मेरोन्यूज
२०७८ जेठ २६ गते १०:५३

काडमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ गर्न बुधबार पेशी तोकिएको छ । संवैधानिक इजलासको पेशीका लागि आज पेशी तोकिएको हो ।
इजलासमा सहभागी दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलले प्रश्न उठाएपछि गत आइतबार विषयवस्तुमा प्रवेश नै नगरी बहस हेर्दाहेर्दैमा स्थगित भएको थियो । यस्तै, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर विरामी हुँदा सोमबार र मंगलबार इजलास बस्न सकेको थिएन ।
सर्वोच्चका अनुसार सरकारी वकिलले प्रश्न उठाएका न्यायाधीशहरू दीपककुमार कार्की र डा आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने भएका छन् ।
उनीहरू इजलासमा बस्न तयार भए भने इजलास विषयवस्तुमा प्रवेश गर्ने छ । तर, उनीहरूले इजलासमा नबस्ने राय दिएमा संवैधानिक इजलास पुनर्गठनको आवश्यकता पर्ने छ । जसका कारण मुद्दामा सुनुवार्इ थप लम्बिने छ ।
सम्बन्धित










रविको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु
सिमरा प्रदर्शन : संयमता अपनाउन प्रचण्डको आग्रह
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
नेपाल क्रिकेटलाई रंगीन बनाउँदै जस्मिन पेन्ट्स
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
आशिफ बने अर्धशतक हिर्काउने पहिलो खेलाडी
पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न बङ्गलादेशको माग
प्रतिक्रिया