फ्रान्सका राष्ट्रपति म्याक्रोनलाई सार्वजनिक स्थलमै ‘झापड’
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:१८

काठमाडाैं । फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोनलाई देशको दक्षिणपूर्वी क्षेत्रमा भ्रमण गरिरहेको बेला एक जनाले थप्पड हानेका छन् ।
विविसीका अनुसार बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याक्रोनलाई झापड हानेका थिए । यो घटना लगत्तै राष्ट्रपति म्याक्रोनको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । फ्रान्सको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । घटनापछि म्याक्रोनले यसलाई एक असामान्य घटनाको प्रतिक्रिया दिएका छन् ।
‘हामीले अति हिंस्रक मानिसहरूलाई सार्वजनिक बहसमाथि नियन्त्रण जमाउन दिनु हुँदैन । ती यसको लायक छैनन् ।’ उनले भने । उनले राजनीतिक वातावरण बिग्रिरहेको अस्वीकार गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया