प्रधानन्यायाधीशले सुनेनन् सरकारी पक्षको कुरा, निवेदकको पक्षबाट बहस सुरु
मेरोन्यूज
२०७८ जेठ २६ गते १२:३४

काठमाडौँ । संवैधानिक इजलासको बहस सुरु भएसँगै पुनर्गठन नहुने भएको छ । सरकारी पक्षका वकिलहरूले न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न गर्दै इजलासबाट बाहिरिनु पर्ने माग राख्दै आएकोमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पुनर्गठन नहुने जानकारी दिएका हुन् ।
दुई दिन स्थगित भई बुधबार बसेको इजलासमा प्रधानन्यायाधीश शमशेरले निवेदकको तर्फबाट बहस सुरु गर्न अनुमति दिए । सरकारी पक्षले आफ्नो कुरा सुन्न आग्रह गरे पनि उनले बेञ्चलाई निरन्तरता दिने बताएका थिए ।
बहस सुरु हुनुपूर्व न्यायाधीश ईश्वर खतिवडाले आफूहरू पाएको ऐतिहासिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भने, ‘अब यो जिम्मेवारीबाट हामी भाग्दैनौँ ।’
उनले थपे, ‘भोलि फाइनल लेख्ने बेला के गर्ने गरौँला, अहिले यो बेञ्च नै फाइनल हो ।’
सम्बन्धित









शीतलहर र हिमपातको जोखिम न्यूनीकरण गर्न पूर्वतयारीमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
मोटरसाइकल चोरीमा संलग्न तीन जना पक्राउ
कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया