मंगलबार, जेठ ६, २०८२

दृगनारायण पाण्डेयद्वारा शपथ ग्रहण

मेरोन्यूज २०७८ जेठ २६ गते १३:२०

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष पाण्डेयले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उनलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरेका हुन् । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांगे्रसका तर्फबाट उनि निर्वाचित भएका थिए ।

राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारी, सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमलगायतले नवनिर्वाचित सदस्य पाण्डेयलाई बधाई ज्ञापन गर्दै कार्यकालको सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया