निवेदक पक्षको कुरा सुनेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा निवेदक पक्षका दुई जना कानुन व्यवसायीको बहस सुनेर न्यायाधीशहरूले आन्तरिक छलफल जुटेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका तत्कालीन नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलसहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनको पक्षबाट बसह सुरु भएको हो ।
वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र महादेव यादवको बहसपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका हुन् । बहसको सुरुमै अभिवक्ता थापालाई न्यायाधीश ईश्वर सोधेका थिए, ‘अन्तरिम आदेश पनि माग्नुभएको छ, अन्तरिम आदेश दिने आधार के छ ?’
शम्भु थापाको बहस सकिएपछि बहस रोकेर प्रधानन्यायाधीश र चार जना न्यायाधीशबीच आन्तरिक छलफल भएको हो । छलफल पछि पुनः बहस शुरु हुनेछ ।









बेतन कर्णाली जलविद्युत परियोजनाको लागि ९३ अर्ब लगानी स्वीकृत
सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीले भनिन्- संसद पुनःस्थापनको कुरा गर्नु अराजकता
हर्मितको अर्धशतकमा सुदूरपश्चिमले काठमान्डुलाई दियाे १४८ रनको लक्ष्य
सिमरामा भएको घटना संवेदनशील : रास्वपा
एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५० मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया