शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्णको निधन

काठमाडौं । शर्मा एण्ड कम्पनीका संस्थापक अध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा निधन भएको छ । मंगलबार काठमाडौंस्थित बयोधा अस्पतालमा उपचारका क्रममा ८५ वर्षिय शर्माको मष्तिष्कघातका कारण मृत्यु भएको शर्मा एण्ड कम्पनीका निर्देशक एंव प्रमुख प्रशासन रमेश सुवेदीले बुधबार एक विज्ञप्ति जारी गरी जानकारी दिए ।
शर्माको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन् १९६६ मा काठमाडौंको सितापाइलामा कम्पनी स्थापना गरेका शर्माको निधनका कारण कम्पनीले एक असल अभिभावक तथा मुलुकले एक कर्मठ र सच्चा व्यवसायी गुमाएको जनाएको छ ।
शर्मा नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष समेत हुन् । उनले महासंघको तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए । नेपालको निर्माण उद्योगको व्यावसायिक विकासमा अतुलनीय योगदान दिएका शर्मा हाल महासंघको मानार्थ सदस्य रहेका थिए ।
शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित भएका थिए । स्वर्गीय शर्माका श्रीमती, एक छोरा (कम्पनीका निर्देशक एंव प्रमुख प्रशासन रमेश), तीन जना छोरीहरु र ७ जना नाति नातिना रहेको शर्मा एण्ड कम्पनीले जनाएको छ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
प्रतिक्रिया