प्रदेश २ काे सरकार जाेगाउन मुख्यमन्त्री राउतले गरे कांग्रेससँग २ बुँदे सहमति
३ मन्त्रालय लिएर कांग्रेस सरकारमा सहभागी हुँदै

काठमाडाैं । प्रदेशकाे नेतृत्व गरिरहेकाे जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद बढेपछि प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउते प्रदेश सरकार जाेगाउन नेपाली कांग्रेससँग २ बुँदे सहमति गरेका छन् ।
जसपाको तर्फबाट मुख्यमन्त्री तथा संसदीय दलका नेता राउत र कांग्रेसको तर्फबाट संसदीय दलका नेता राम सरोज यादवले सहमतिमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।
यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्न सकिने पनि सहमतिपत्रमा उल्लेख छ ।
सहमतिअनुसार मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । अहिले साँझ साढे ७ बजे मन्त्रीहरुलाई सपथ ग्रहणको कार्यक्रम प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ । जसपाभित्रको विवादले पार्टी विभाजनतिर अगाडि बढेपछि मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए ।
कांग्रेस र नेकपा (माओवादी केन्द्र) लाई साथ लिएर अहिले उनले सत्ता गठबन्धन चलाउन लागेका हुन् । मन्त्रालय टुक्राएरै उनले सत्ता सहयात्राका लागि कांग्रेस र माओवादीलाई भित्र्याउन लागेका हुन् ।
सहमतिअनुसार कांग्रेसले ३ र माओवादीले २ मन्त्रालयले पाउनेछन् ।













सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ?
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते
एसबीआई बैंक लुटपाट मा संलग्न ४ जना पक्राउ
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया