आजको राशिफलः ज्येष्ठ २७ गते बिहीबार

काठमाडौं । आज २०७८ साल ज्येष्ठ महिनाको २७ गते बिहीबार, ज्येष्ठ कृष्ण औँसी तिथि । आज बटसावित्री व्रत तथा शनि जयन्ती रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीमा स्थिरताको अभाव हुने छ । यसले गर्दा अन्योलग्रत व्यक्तित्वका रुपमा अरुले चित्रण गर्ने छन् । पेशागत जीवन सकारात्मक रहने छ । तर सुख सुविधाको भने अभाव हुन जाने छ । परिवारका सदस्यहरुमा विवाद चर्किन पुगने भएकाले यसबारेमा सतर्क रहनु होला । घर घडेरी, सेना, प्रहरी,सुरक्षा फौज, सेक्युरिटी सेवा, होटल रेष्टुरेण्ट जस्ता क्षेत्रमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ ।
वृष
दृढ ब्यक्तित्व बन्ने भए पनि मनमा भने दुविधाले सताउने छ । रिस कडा हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिनु होला । आत्माविश्वासी व्यक्तित्व हुने छ । पराक्रमी र मेहनतपनामा गिरावट आउँदा कामहरु गर्नमा जाँगर चल्ने छैन । भाग्य बलियो रहेकाले साह्रै नकारात्मक हुने अवस्था भने आउने छैन् । हल्का अन्योल खाले ब्यक्तित्व बन्ने छ । आम्दानीमा भने केही बृद्धि हुने छ ।
मिथुन
संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । मनमा दुविधाले सताउने छ । आफ्नो बुद्धि र विवेकले काम गर्न नसक्दा गरिएका काममा अपजस आइलाग्ने छ । आम्दानीमा भने बृद्धि हुन जाने छ । जीवनसाथिको साथ लिएर कार्य गरेमा त्यसले गुणत्मक नतिजा दिने छ । उद्योग, फलामजन्य व्यावसाय, कल कारखाना, भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा संलग्नहरुलाई समय प्रतिकुल रहने छ ।
कर्कट
मनोबल कमजोर हुने छ भने यसले गर्दा ब्यक्तित्वमा गिरावट आउने र कुनै पनि निर्णय गर्नका लागि आँटिलोपनाको अभाव हुने छ । शारीरिक कमजोरीपना देखिने छ । आफ्नो लक्ष्य प्रति समर्पित हुन खोज्ने व्यक्तित्व हुने भएता पनि त्यसप्रति बेला बेला आशंकाले लक्ष्यप्रतिको तिब्रतामा कमि ल्याई दिने छ । सेना, प्रहरी, सेक्युरिटी गार्ड, सुरक्षा निकाय, ठेक्कापट्टा, प्रशासन क्षेत्र आदीमा संलग्नहरुलाई समय प्रतिकुल रहेको छ ।
सिंह
संयमित भएर पाईला चाल्नु पर्ने समय रहेको छ । पेशागत जीवनमा अस्थिरता आउने छ । कमाईमा देखा पर्ने थोरै बृद्धिले केही राहत पनि प्रदान गर्ने छ । साभेदारीमा गरिएका काममा गम्भीर बादविवादहरु देखा पर्ने छन् । दाम्पत्य जीवनमा अस्वाभावि करुपमा कटुता उत्पन्न हुन पुग्ने भएकाले संयमित रहनु होला । खर्चको मात्रा अस्वाभाविक बढ्न जाने छ, अस्पतालजन्य खर्च गर्नु पर्ने बाध्यात्मक अवस्था आउने छ ।
कन्या
पैतृक सम्पत्तिको उपयोगले सुख सन्तोषको अवस्था आउने छ । आम्दानीमा पनि केही बृद्धि हुने भएकाले वित्तिय अवस्थामा सवलता थपिने छ । दाम्पत्य जीवनमा भने द्वन्द देखा पर्ने छ । साझेदारीमा गरिएका काममा झगडाको अवस्था आउने छ । मेडिकल पसल, औषधी आपूर्ति, आयात निर्यातको क्षेत्र, राजनीति, व्यवस्थापन जस्ता क्षेत्रमा संलग्नलाई अनुकुल रहने छ ।
तुला
स पेशागत जीवनमा गम्भीर खाले समस्या देखा पर्ने भएकाले कार्यालय तथा पेशा व्यवसायमा संयमित भएर चल्नु होला । मय प्रतिकुल रहेकाले धैर्य भएर चल्नु होला । हडबडमा निर्णय लिने भन्दा समय लिएर निर्णय लिने गर्दा फाइदा मिल्ने छ । उदासिनता बढ्ने भएकाले आत्मबलको कमि हुने छ । यसले गर्दा अन्योलग्रस्त व्यक्ति भनि अरुले चित्रित गर्ने छन् । होटल, रेष्टुरेण्ट, बाउन्सर, डान्स बार, सुरक्षा निकाय, खेलाडी, कुक आदी जस्ता पेशामा रहेकाहरुले प्रतिकुलता रहेको छ ।
वृश्चिक
मनमा नकारात्मक भावनाले गाँज्ने छ । आफ्नो र जीवन जगतप्रति सकारात्मक भन्दा नकारात्मक दृष्टिकोण बढ्न पुग्ने छ । पेशागत जीवनबाट सन्तोष प्राप्त हुने छ, प्रगति हुने छ । जीवनसाथिको साथ लिएर काम गरेमा अझ प्रगति हुने छ । कमजोर मनोबल भएको व्यक्तित्व बन्ने भएकाले अरुले हेप्ने छन् । पत्रकारिता, राजनीति, व्यवस्थापन, वाणिज्य, बैंकिङ्ग क्षेत्र आदीमा संलग्नहरुलाई सकारात्मक हुने छ ।
धनु
आफुलाई निकै कमजोर पात्र भएको अनुभुति मनमा भइरहने छ । भविष्य प्रतिको अस्वाभाविक चिन्ताले सताउने छ । हिनताबोधले सताउने छ । जीवनसाथिको साथ र सल्लाहमा काम गरेमा केही राहत मिल्ने छ । परिवारको पूर्ण साथ रहँदा आड भरोसा हुन जाने छ । बोलीमा कडापना देखा पर्ने भएकाले ध्यान दिनु होला । सुरक्षा निकाय, डाक्टर, सर्जन, अर्थाेपेडिक जस्ता पेशामा आवद्धहरुलाई समय संयमित रहनु पर्ने देखिन्छ ।
मकर
दृढ ब्यक्तित्व हुने छ । रिसको मात्रामा पनि उस्तै उच्च हुने भएकाले यस विषयमा संयमित नभए आफैलाई नोक्सानी पुर्याउने छ । दाम्पत्य जीवनमा भने समस्या निम्तिने छ । साझेदारीमा गरिएका कामहरुमा समस्या देखा पर्न जाने छ । समय अलि संयमित नै रहनु पर्ने देखिन्छ । समकक्षी तथा आफ्नो मातहतमा रहेका कर्मचारी वा मानिसहरुबाट साथ पाइने छ ।
कुम्भ
साझेदारीमा गरिएका कामले फाइदा दिने छ । सहयोगी स्वाभाव हुने छ । सामाजिक सेवामा सक्रिय हुन मन लाग्ने छ । बौद्धिक व्यक्तित्व बन्ने छ । पेशागत जीवन औसत रहेता पनि आम्दानीमा भने केही बृद्धि हुन पुग्ने छ । परिवारका सदस्यहरुले पूर्ण रुपमा साथ दिने छन् । रोग ब्याधिसँग लड्ने क्षमता अर्थात रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने भएकाले शारीरिक अभ्यास, योगाभ्यास गर्नु होला ।
मीन
संयमित रहनु पर्ने समय छ । भाग्यको साथ नरहेकाले परिवारका सदस्यहरु तपाईप्रति सशंकित हुने भएकाले यसबारेमा निकै विचार गर्नु होला । पेशागत जीवनमा पनि नसोचेका समस्याहरु आउँदा अपमान सहनु पर्ने छ । सन्तानका गतिविधिबाट अपजस आउने छ । शिक्षण, विद्यालय, कलेज, अध्यापन, स्टेशनरी, शिक्षा क्षेत्र, पत्रकारिता जस्ता पेशामा आवद्धहरुलाई समय प्रतिकुल छ ।

ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८













निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
बैतडीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
सुनचाँदीको मूल्य हालसम्मकै उच्च
थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त
सासूको उत्प्रेरणाले ‘मिनिल्याप’ गराउँदै बुहारीहरू
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
वालेनले उम्मेदवारी दिने तयारी गरेकाे काठमाडौँ-२ बाट आशिकाकाे स्वतन्त्र उम्मेदवारी घोषणा
फेकोन लुम्बिनी प्रदेशको अध्यक्षमा दिपेन्द्र कुँवर दोस्रो पटक निर्वाचित
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
प्रतिक्रिया