युवकको हत्या अभियोगमा पाँच पक्राउ

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गत आइतबार भएको युवक हत्याको अभियोगमा जिल्ला प्रहरी कार्यालयले पाँच जनालाई पक्राउ गरेको छ ।
वडा नं ४ मा चोटपटक लागेको अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको अभियोगमा सोही ठाउँकै २२ वर्षीय बलजीत पासी, ३० वर्षीय दुर्गेश पासवान, २४ वर्षीय राकेश यादव, २० वर्षीय सञ्जय पासी र २३ वर्षीय सर्वजीत विश्वकर्मालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको हो ।
गत आइतबार बिहान साढे ६ः०० बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रवीन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो । टाउको, छाती, घाटी र गुप्ताङ्गमा धारिलो हतियार प्रहार गरी शरीरका विभिन्न भागमा रगतले लतपतिएको अवस्थामा प्रहरीले शव फेला पारेको थियो ।
उनीहरुबाट हत्यामा प्रयोग भएको धारिलो हतियार ९फलामको दाउ० एक थान, पानी तान्ने नलको ह्याण्डर एक थान, हत्यामा प्रयोग भएको हरियो बाँसको घारा एक थानसहित अन्य प्रमाण बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता भाष्कर चन्दले जानकारी दिए । पुरानो रिसिइबीका कारण बदला लिने सोचले योजनाबद्धरूपमा यादवको हत्या गरिएको प्रहरीको भनाइ छ ।
मङ्गलबार पक्राउ गरिएका अभियुक्तलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । रासस















नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छः प्रधानसेनापति
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
सभामुख अर्यालले लिए शपथ
द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
प्रतिक्रिया