मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गर्दै मध्यपूर्व युद्ध अन्त्यका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् ।
रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै पक्षले द्वन्द्वको द्रुत अन्त्य र द्वन्द्वको दीर्घकालीन समाधानका लागि राजनीतिक र कूटनीतिक प्रयासलाई तीव्र पार्नुपर्नेमा जोड दिएका छन् ।”
खाडी मुलुक इरानी ड्रोन आक्रमणसँग जुधिरहेको बेला युक्रेनले साउदी अरबसँग हवाई रक्षा सम्झौतामा हस्ताक्षर गरेपछि यो आह्वान आएको हो ।
रुसले मध्य पूर्वमा पछिल्ला घटनाक्रमहरूको बीचमा विश्वव्यापी रसद र व्यापार व्यवस्थापनलाई पुनः आकार दिन मद्दत गर्न समाधान प्रस्ताव गर्न सक्ने रूसी राष्ट्रपति पुटिनले बुधबार बताए ।
यसै साता सेन्ट पिटर्सबर्गमा आयोजित पहिलो अन्तर्राष्ट्रिय यातायात तथा रसद व्यवस्थापनमामिला मञ्चमा भाग लिने क्रममा राष्ट्रपति पुटिनले यस्तो बताए । उनले भन्नुभएको थियो, “विश्व अर्थतन्त्रको प्रमुख स्तम्भको रूपमा रहेको यातायात र रसद व्यवस्थापनमा महत्त्वपूर्ण सङ्कटबिच गुज्रिरहेको छ।
यसको समाधानका लागि रूससँग नयाँ प्रस्ताव रहेको छ।” “इरान युद्धले विश्वव्यापी ऊर्जा बजार र ‘स्ट्रेट अफ हर्मुज’ हुँदै तेल र ग्याँसको ढुवानीलाई असर गरिसकेको छ”, उनले भन्नु्भयो, “देश र कम्पनीहरूले गति र लागतमा मात्र होइन, यातायात मार्गहरू र आपूर्ति श्रृङ्खलाहरूको सुरक्षा र लचिलोपनमा पनि जोड दिइरहेका छन्।”
















पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
एमालेको सचिवालय बैठक जारी
संवैधानिक इजालाससम्बन्धी छुट्टै ‘वेव पोर्टल’ प्रारम्भ
सिन्धुलीमा माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
प्रतिक्रिया