एमाले सुदूरपश्चिम प्रदेशले सोध्यो १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका आफ्नो मन्त्रीलाइृ फिर्ता हुनो निर्देशन दिएको थियो । तर, एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नगनैृ निर्णय गर्नुका साथै सरकारमा थप मन्त्री पठाएको थियो । त्यसको केही दिनपछि मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत लिएका दिए । पार्टीले भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो । तर, संसदीय दलले विश्वासको मत दिन आफ्नो सांसदलाई निर्देशन दिएको थियो ।
नेपाल पक्षका १७ जना सांसदले विश्वासको मत दिएका थिए भने पार्टी अध्यक्ष केपी शर्मा ओलदी पक्षका ७ जना सांसदले भट्टको विपक्षमा मत दिएका थिए । पार्टीको निर्देशन विपरित विश्वासको मत दिएको भन्दै नेपाल पक्षका १७ जनालाई स्पष्टिकरण सोधिएको छ । यसअघि संसदीय दलले ओली पक्षका ७ जना सांसदलाई संसदीय दलको निर्देशन विपरित विश्वासको मत किन नदिएको भन्दै स्पष्टिकरण सोधिएको थियो ।















खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया