एमाले सुदूरपश्चिम प्रदेशले सोध्यो १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको छ । मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेश कमिटीले माधव नेपाल पक्षका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
१० जेठमा पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारमा रहेका आफ्नो मन्त्रीलाइृ फिर्ता हुनो निर्देशन दिएको थियो । तर, एमाले प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नगनैृ निर्णय गर्नुका साथै सरकारमा थप मन्त्री पठाएको थियो । त्यसको केही दिनपछि मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत लिएका दिए । पार्टीले भट्टलाई विश्वासको मत नदिन निर्देशन दिएको थियो । तर, संसदीय दलले विश्वासको मत दिन आफ्नो सांसदलाई निर्देशन दिएको थियो ।
नेपाल पक्षका १७ जना सांसदले विश्वासको मत दिएका थिए भने पार्टी अध्यक्ष केपी शर्मा ओलदी पक्षका ७ जना सांसदले भट्टको विपक्षमा मत दिएका थिए । पार्टीको निर्देशन विपरित विश्वासको मत दिएको भन्दै नेपाल पक्षका १७ जनालाई स्पष्टिकरण सोधिएको छ । यसअघि संसदीय दलले ओली पक्षका ७ जना सांसदलाई संसदीय दलको निर्देशन विपरित विश्वासको मत किन नदिएको भन्दै स्पष्टिकरण सोधिएको थियो ।


















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
प्रतिक्रिया