विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा

मध्यपूर्व युद्ध सुरु भएदेखि पहिलो पटक विदेशी एयरलाइन्सबाट उडानहरू आफ्नो मुख्य विमानस्थलमा अवतरण गर्न अनुमति दिन सुरु गर्न लागिएको कतारको उड्डयन प्राधिकरणले सोमबार जानकारी गराएको छ । कतार नागरिक उड्डयन प्राधिकरणले हमाद अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतारमा विदेशी एयरलाइन्सको उडान क्रमिक रुपमा सुरु गर्ने घोषणा गर्दै ‘एयरमेन’लाई सूचना जारी गरेको छ ।
गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरेपछि वासिङ्टन र तेहरानले दुई साताका लागि युद्धविराम घोषणा गरेका थिए । खाडी मुलुकहरू विरुद्ध इरानको प्रतिशोधात्मक ड्रोन र क्षेप्यास्त्र अभियानका बीच कतारले आफ्नो हवाई क्षेत्र बन्द गर्यो र मार्च ७ मा केवल राष्ट्रिय ध्वजावाहक कतार एयरवेजको उडानका लागि मार्ग प्रशस्त गदैृसीमित यातायातका लागि आंशिक रूपमा उडान खुला गरेको थियो ।
कतारी उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सका लागि उडान पुनः खोल्ने निर्णय ‘स्थितिको विस्तृत मूल्याङ्कनपछि गरेको’ र ‘सबैको सुरक्षा आफ्नो उच्च प्राथमिकतामा रहेको बताएको छ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया