कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने ४ एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वाेच्चकाे आदेश
४ सांसदलाई कारवाही गर्ने एमालेकाे १० औं महाधिवेशन आयाेजक कमिटी नै अवैधानिक भएकाे ठहर
मेरोन्यूज
२०७८ जेठ २७ गते २०:०६

काठमाडाैं । सर्वाेच्च अदालतले ‘फ्लोर क्रस’ गरेर कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर मतदान गर्ने नेकपा (एमाले)का ४ सांसदलाई पुनर्वहाली गर्न आदेश दिएकाे छ ।
पार्टी ह्वीप उल्लंघन गरेकाे भन्दै एमालेले माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पदमुक्त गरेकाे थियाे । उनीहरूले पुनर्वहालीकाे माग गर्दै सर्वाेच्चमा रिट हालेका थिए ।
न्यायाधीश प्रकाशमान सिंह राउतकाे एकल इजलाशले उक्त आदेश दिएकाे हाे । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन पनि भनेकाे छ ।
सर्वाेच्चले ४ सांसदलाई कारवाही गर्ने एमालेकाे १० औं महाधिवेशन आयाेजक कमिटी नै अवैधानिक भएकाे ठहरसमेत गरेकाे छ ।




सम्बन्धित
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
प्रतिक्रिया