सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दै
छलफलका एजेन्डा के के छन त ?

काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् ।
प्रतिनिधि सभा विघटनपछि पूर्वसभामुख एव कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुटेका सभामुख सापकोटाले आज प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
विघटित प्रतिनिधि सभामा नेकपा एमाले, नेपाली कांग्रेस माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र नेपाल मजदुर किसान पार्टी नेमकिपाको प्रतिनिधित्व थियो ।
बैठक दिउँसो २ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने सभाुमखेको सचिवालयले जनाएको छ । सापकोटाले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाएका छन् ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरेका थिए ।
प्रतिनिधि सभा विघटन भएपछिको अवस्थाका बारेमा जाको बैठकमा छलफल हुने सभामुख सापकोटा संचारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।













पुरानै विधानअनुसार कांग्रेसको कार्यसमिति चयन हुने
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
प्रतिक्रिया