सर्वदलीय बैठकपछि शीर्ष नेताहरू छलफलमा
मेरोन्यूज
२०७८ जेठ २८ गते १७:०५

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएलगत्तै शीर्ष नेताहरू बैठकमा बसेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठक सकिएसँगै नेताहरू बैठकमा बसेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरू बैठकमा बसेका हुन् ।
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका थिए । बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।
सम्बन्धित















अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
बहुपक्षीयता र शान्तिका लागि कूटनीतिक दिवस मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया