बिहीबार, मंसिर ४, २०८२

सर्वदलीय बैठकपछि शीर्ष नेताहरू छलफलमा

मेरोन्यूज २०७८ जेठ २८ गते १७:०५

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएलगत्तै शीर्ष नेताहरू बैठकमा बसेका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बसेको बैठक सकिएसँगै नेताहरू बैठकमा बसेका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललगायतका नेताहरू बैठकमा बसेका हुन् ।

सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित भएका थिए । बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनालले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।

प्रतिक्रिया