शुक्रबार, वैशाख ११, २०८३

प्रधानमन्त्रीलाई मार्ने धम्की दिएको भन्दै एमालेको विरोध

मेरोन्यूज २०७८ जेठ २९ गते ११:०८

काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले शुक्रबार दिएको अभिव्यक्तिको विरोध गरेको छ । शनिबार प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई पार्टीले गम्भीर रुपमा लिएको जनाएका छन् ।

Advertisement
NiccNicc

ज्ञवालीले प्रधानमन्त्रीको हत्या गर्न आवश्यक परे आफै तयार रहेको अभिव्यक्ति आपराधिक भएको उल्लेख गरेका छन् । यो विषय मुलुकको फौजदारी कानुनसमेत आकर्षित हुने एमालेको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

नेपाली कांग्रेसका सांसद् वैद्यले प्रधानमन्त्री ओलीले देश खान लागेकाले कोही नाथुराम गोड्से बन्न तयार हुनु पर्ने, अरु तयार नभए आफैँ बन्न तयार हुने अभिव्यक्ति दिएका थिए । नाथुराम गोड्से ती व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीलाई गोली हानेर हत्या गरेका थिए ।

प्रतिक्रिया