कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने, पदाधिकारी बैठकले गरेको प्रस्तावमाथि छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी असार ३ गते बिहीबार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी असार ३ गते दिउँसो २ बजे ललितिपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको जानकारी दिए ।
बैठकमा पार्टीको आसन्न १४ औं महाधिवेशन र समसामयिक राजनीति घटनाक्रमबारे छलफल हुने मुख्यसचिव पौडेलले बताए । कांग्रेसले बैठकमा सहभागी हुनका लागि पार्टीका केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई अनुरोधसमेत गरेको छ ।
यसअघि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको यसअघि तय भएको कार्यतालिका हेरफेर गर्ने प्रस्ताव गरेको थियो ।
बैठकले आगामी भदौ ७ देखि १० गतेसम्म हुने भनिएको महाधिवेशन १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरेको थियो । यस्तै असार ५ गतेबाट गर्ने भनिएको वडा तहको अधिवेशन साउन ६ गते गर्ने प्रस्तावमा उल्लेख छ ।
असारभित्र क्रियाशील सदस्य टुङ्ग्याउने कांग्रेसले जनाएको छ । साढे ८ लाख क्रियाशील सदस्य डेटा इन्ट्री सिस्टममा दर्ता गरेको दाबी गरेपनि सिन्धुपाल्चोक लगायत केही जिल्लाको विवाद अझै कायम छ ।
पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले गरेको प्रस्ताव अनुमोदन गराउन कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
कांग्रेसले १४ औं महाधिवेशन गत वर्ष कै फागुनमा गरिसक्नुपर्ने थियो । विधानमा भएको व्यवस्थाको प्रयोग गर्दै सभापति शेरबहादुर देउवाले महाधिवेशन एक वर्ष पछि सारेका थिए । एक वर्ष सारेपछि पनि गत फागुनमा नै महाधिवेशन गर्नुपर्ने थियो ।
त्यसपछि पनि विशेष कारण देखाउँदै संविधानमा भएको व्यवस्था अनुसार सभापति देउवाले १४औं महाधिवेशन ६ महनिा पछि सारेका हुन् ।
अब भने आगामी भदौमा जसरी पनि कांग्रेसले महाधिवेशन गराउनुपर्छ । अन्यथा कांग्रेसको वैधतामाथि नै संवैधानिक प्रश्न उठ्ने छ । कोरोना महामारीको कारण देखाउँदै कांग्रेसले महाधिवशेनको मिति यसअघि तोकिएको भन्दा ९ दिन पछि सार्न लागेको हो ।










यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
नारायणघाट बुटवल खण्डको नारायणी नदि पुल क्षेत्रमा दुई दिन राति गाडी सञ्चालनमा रोक
कस्ताे रहला आज देशभरको मौसम ?
दोस्रो संस्करणको एनपीएल : आज लुम्बिनी र चितवन भिड्दै
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
जाडोमा गुड खानुका फाइदै फाइदा, दिनमा कति खाने ?
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
प्रतिक्रिया