उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ३० गते १२:१२

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो ३ बजे बस्न लागिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने वा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गरिने काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । छलफलमा निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गरिने बताउदै उनले अहिलेसम्म त्यबारेमा कुनै धारण नभएको बताए ।
वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याएको थियो । छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराई सहभागी हुनेछन् ।
सम्बन्धित
















कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया