उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ३० गते १२:१२

काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दैछ । उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक दिउँसो ३ बजे बस्न लागिएको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने वा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गरिने काठमाडौका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । छलफलमा निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गरिने बताउदै उनले अहिलेसम्म त्यबारेमा कुनै धारण नभएको बताए ।
वैशाख १६ बाट जारी निषेधाज्ञा जेठ ३१ सम्म लम्ब्याएको थियो । छलफलमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रमुख जिल्ला अधिकारी भट्टराई सहभागी हुनेछन् ।
सम्बन्धित









काम नगरेका सडकसम्बन्धी २५ रुग्ण ठेक्का तोडियो
सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन
एसएसपी विश्व अधिकारी डीआईजी बढुवाका लागि सिफारिस
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिक्रिया