चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा

काठमाडौं । नेपाल अटोमोबाईल्स एसोसिएसनले पाँच दिने ड्रोन तालिम सफलतापूर्वक सम्पन्न गरेको छ ।
तालिम अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) रिजन टू एसिया पेसिफिकको वार्षिक क्यालेण्डेर अन्र्तगत गत सोमबार २७ अप्रिलबाट शुरु भई शुक्रबार सम्पन्न तालिम स्विट्जरल्याण्डस्थित ड्रोन एण्ड भर्टिकल मोविलीटी एकेडेमीसंगको सहकार्यमा संचालन गरिएको हो ।
अटोमोबोइल्स र मोविलीटी, मोटर र मोटरसाईकल स्पोर्टस, पावरबोटिङ्ग र ड्रोन समेतको क्षेत्रमा कार्यरत नासा नेपालको भर्टिकल मोविलीटी क्षेत्रकमा यो पहिलो अन्तराष्ट्रिय प्रयास हो । आज विश्वमै भर्टिकल मोबिलीटीतर्फ रुचि बढिरहेको अवस्थामा केहि वर्ष देखि ँक्ष्ब् ले यस क्षेत्रमा कार्य शुरु गरिसकेको छ ।
जसको विश्वव्यापी अभियान बनाउने क्रममा एसियाली देशमा समेत दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले एफआईएको टेक्निकल पार्टनर समेत रहेको स्विट्जरल्याण्डको राष्ट्रिय अटोमोबाइल संघ एसटिसीद्वारा प्रवर्दित सो एकेडेमीसँग सहकार्य गरिएको हो ।
एफआईए ड्रोन एम्बेसेडर तथा ड्रोन एण्ड भर्टिकल मोविलीटी एकेडेमीका निर्देशक निकोलस व्रिगेरको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा नेपाल, बंगलादेश, श्रीलंका र सिंगापुरको सहभागीलाई अण्डोराको राष्ट्रिय फेडेरेसन अटोमोविल क्लब डे अण्डोराका निर्देशक डेभीड फ्रान्सीनेटले एफआईएको ड्रोन रणनिति तथा अण्डोरामा ड्रोन मार्फत भएका सफल परिक्षण बारेमा समेत प्रस्तुति दिनु भएको थियो ।
धुलिखेल स्थित काठमाण्डौ विश्वविद्दालय हाता, धुलिखेल लज रिसोर्ट तथा रोयल टुलिप काठमाण्डौ लगायतका स्थानमा संचालित तालिममा आइकाओको गाइडलाइन, वातावरण र उड्डयन, विभिन्न देशका उड्डयन कानुन र कार्यविधी, ड्रोनको प्राविधिक पक्ष, पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरणमा ड्रोनको भूमीका, विश्वव्यापी अवस्था र एफआईए, ड्रोनको व्यवसायीक प्रयोग र अटोमोबाइल फेडेरेसन लगायतमा विभिन्न प्रस्तुती र छलफल भएको छ । त्यसैगरी ड्रोन उडानको व्यवसायिक ज्ञान तथा सम्बन्धित संघको कार्य योजनामा ड्रोन बारेमा समेत सम्पूर्ण सहभागीले छलफल गरेका छन् । स्विस एम्वेसी, स्विस टुरिङ्ग क्लब समेतको सहयोगमा संचालित सो तालिम एफआईएको आर्थिक सहयोगमा भएको हो ।
अटोमोबाईल एसोसिएसन अफ बंगलादेशका–इहसान अहमद अटोमोबाईल एसोसिएसन अफ सिंगापुरका–लि वुन वी, अटोमोबाईल एसोसिएसन अफ सिलोनका–इन्दुला सुमिथाराहोची तथा नेपाल अटोमोबाइलका अंकित भण्डारी, सिजन भट्टराई र मोतिराम इटनीले सो तालिम प्राप्त गर्नुभएको छ । नासा नेपालको तर्फबाट सुवास भट्टराई तथा किरण धितालले सो कार्यकमको व्यवस्थापन गरेका थिए ।
डेढ दशक अघि संस्थागत रुपमा नेपाली अटोमोबाईल स्पोर्टसमा प्रवेश गरेको नासा नेपालले जल देखि आकाश सम्म आफ्नो कार्यक्षत्र विस्तार गरेको छ । नासा नेपालले आफ्नो कार्यक्षेत्रमा ड्रोन समावेश गरेको सन्दर्भमा यो तालिम पश्चात अब स्पोर्टस र मोविलीटी दुवै क्षेत्रमा सहज रुपमा कार्य अगाडी बढाउनेछ भने बंगलादेश, श्रीलंका र सिंगापुर फेडरेसनले समेत ड्रोन र भर्टिकल मोविलीटीमा कार्य शुरु गर्नेछन् ।
















चार देशका अटोमोबाइल फेडेरेसन प्रवेश गरे ड्रोन र भर्टिकल मोविलीटीमा
बागलुङमा एक करोडमा वडा कार्यालय भवन निर्माण
द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया