कोरोनाबारे थप अध्ययन गर्न जि ७ राष्ट्रको माग, चीनले सहयोग गर्ने अपेक्षा

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. टेड्रोस गेब्रयेससले चीनमा पहिलोपटक देखा परी विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)को परीक्षणका लागि सहयोग गर्ने विश्वास लिएका छन् । विश्वका धनी देशहरू जि ७ को बैठक सकिएसँगै उनले दिएको बयानलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
उनले कोरोनाको उत्पत्तिलाई लिएर हुन लागेको परीक्षणलाई चीन सरकारले पनि सहयोग गर्ने अपेक्षा गरेको बताएका छन् । उनले भने, ‘कोरोना भाइरसको उत्पत्तिलाई लिएर विश्वभर भइरहेको टिप्पणीबारे गहिरो अध्ययन गर्न आवश्यक रहेको छ, यसका लागि चीन सरकारको पूर्ण साथको खाँचो हुनेछ ।’
यसैबीच आइतबार सम्पन्न भएको जि ७ राष्ट्रहरूले कोरोनाको बारेमा थप अध्ययन गर्न आवश्यक रहेको निचोड निकालेका थिए । बैठकले कोरोना रोकथामका लागि विश्वका गरिब देशहरूलाई एक अर्ब खोप दिने घोषणासमेत गरेको छ ।
कोरोनाबारे थप अध्ययन गर्नका लागि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडेनलगायत जि ७ का राष्ट्र प्रमुखहरूले कोरोनाबारे थप अध्ययन गर्न आवश्यक रहेको बताएका थिए । एजेन्सी
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया