‘पैसा नभएर २१ दिनकी सुत्केरी अस्पतालबाट निकालिएको स्मरण गर्नुहोस्’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई शुभ कामनासहित सुझाव दिएका छन् । उनले शासकीय जिम्मेवारी काँधमा आइपुगेकाले राम्रो काम गरी, राम्रो बन्न मुख्यमन्त्रीलाई सुझाव दिएका हुन् ।
प्रवक्ता शर्माले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट गण्डकीमा अक्सिजन नपाएर मृत्यु भएका र सुत्केरी भई अस्पताल भर्ना भएकी महिलासहित शिशुको उपचारमा खर्च अभाव भएपछि निकालिएको घटना स्मरण गर्दै आगामी बजेट बनाउन सुझाव दिएका हुन् । उनले यी घटनाहरू प्रतिनिधि भएकाले प्रदेशमा यस्ता समस्याको समाधान हुने बजेट ल्याउन मुख्यमन्त्री पोखरेलसँग आग्रह गरेका हुन् ।
‘समय संवेदनशील छ, राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ, आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ, त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्,’ उनले भनेका छन्, ‘हेक्का रहोस् तपाईको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ, तर, नभुल्नुहोस् संसदीय दलको नेता एउटा पार्टीको हुन्छ, मुख्यमन्त्री सबैको, प्रदेश सरकारको औचित्य स्थापित गर्ने अवसरलाई सकारात्म सन्देशले प्राण भर्नुहोस् ।’
उनले मुख्यामन्त्रीलाई सही निर्णयसहित इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्न सुझाव दिएका छन् ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया