आइतबार, चैत १०, २०८१

पूर्व-पश्चिम राजमार्ग भासिँदा यातायात ठप्प

मेरोन्यूज २०७८ असार १ गते १४:३३

काठमाडौँ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदह १० चरंगेमा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । डाइभर्सन गरेको ठाउँमा सडक भासिएको हो ।

राजमार्ग विस्तार गर्ने क्रममा पुल बनाउन सो ठाउँमा ९ वटा पाइप राखी कल्भर्ट बनाइएको थियो । जंगलबाट आएको पानी पस्दा डाइभर्सन भासिँएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार दिउँसो पानी पसेपछि पाइप राखिएको ठाउँमा भत्किएर सडक भासिएको हो । निषेधाज्ञा रहे पनि अत्यावश्यकका सामान बोक्ने सवारी साधन गुडिरहने भएकाले डाइभर्सन बनाइएको थियो ।

सडक अवरुद्ध हुँदा सवारी साधन आवत जावतमा समस्या भएको छ ।

प्रतिक्रिया