ट्यांकरका चालकहरुको भने आन्दोलन फिर्ता
खोप लगाउन नदिए पेट्रोल पम्पहरूले भोलिदेखि तेल नउठाउने
आयल निगम भन्छ : तेल खरिद नगरे कानुन अनुसार कारबाही गर्छाैँ

काठमाडौं । पेट्रोल पम्पमा कार्यरत मजदुरहरुलाई खोपको ब्यवस्था सरकारले तत्काल नगरे पेटोल पम्पहरुले भोलिदेखि तेल नउठाउने चेतावनी सरकारलाई दिएका छन् । कोभिडका कारण सबैभन्दा बढी यस क्षेत्रमा काम गर्ने मजदुरहरु प्रभावित हुने भएकाले सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।
आयल निगमले एक पक्षीय निर्णय गरेर ट्यांकर चालकलाई मात्र खोप दिन लागेको भन्दै पम्प व्यवसायीहरूले तेल खरिद नगर्ने चेतावनी सरकारलाई दिएका हुन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पनि इन्धन ढुवानी गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम ढुवानी बन्द हुन सक्ने चेतावनी दिएको छ ।
खोप उपलब्धताका लागि पटक-पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
एसोसियसनले दिएको तथ्यांक अनुसार देशभर १० हजार ३ सय ४६ जना मजदुर पेट्रोलियम पम्पमा संलग्न रहेकाले सोही संख्या बराबर खोप आवश्यक छ।
बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अचुत खड्काका अनुसार, बुधबारदेखि नै पेटोल पम्पहरुले तेल खरिद नगर्ने निर्णय लिएका हुन् । ‘हामीसँग तेल कम छ । पम्प बन्द हुँदैन, बाँकी भएको तेल बेच्छौं । तर भोलिदेखि तेल खरिद गर्दैनौं’ खड्काले भने ।
खोपको व्यवस्था नभएको भन्दै ट्यांकर चालकले आइबारदेखि इन्धन ढुवानी रोकेका थिए। तीन दिनदेखि पम्पमा तेल आपूर्ति नहुँदा मौज्दात सकिँदै गएको छ । पेटोलपम्पमा काम गर्ने मजदुरले खोप लगाउन नपाए खरिद प्रक्रिया नै रोकेपछि तेलको हाहाकार हुन सक्ने देखिएको छ ।
तर सरकारले भने तेल खरिद नगर्नेमाथी कारवाही गरिने जनाएको छ । पम्प व्यवसायीले तेल खरिद नगरे कानूनअनुसार कारबाही गर्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको भने आन्दोलन फिर्ता भएको छ ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।
ट्यांकर चालकलाई भने बुधबारदेखि खोप लगाइँदै छ । उनीहरुलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने छ।
















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
दक्षिणी अफ्रिकामा अतिवर्षा र बाढीको असर भयानक
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया