ट्यांकरका चालकहरुको भने आन्दोलन फिर्ता
खोप लगाउन नदिए पेट्रोल पम्पहरूले भोलिदेखि तेल नउठाउने
आयल निगम भन्छ : तेल खरिद नगरे कानुन अनुसार कारबाही गर्छाैँ

काठमाडौं । पेट्रोल पम्पमा कार्यरत मजदुरहरुलाई खोपको ब्यवस्था सरकारले तत्काल नगरे पेटोल पम्पहरुले भोलिदेखि तेल नउठाउने चेतावनी सरकारलाई दिएका छन् । कोभिडका कारण सबैभन्दा बढी यस क्षेत्रमा काम गर्ने मजदुरहरु प्रभावित हुने भएकाले सरकारले प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनु पर्ने उनीहरुको माग छ ।
आयल निगमले एक पक्षीय निर्णय गरेर ट्यांकर चालकलाई मात्र खोप दिन लागेको भन्दै पम्प व्यवसायीहरूले तेल खरिद नगर्ने चेतावनी सरकारलाई दिएका हुन । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले पनि इन्धन ढुवानी गर्ने कर्मचारीलाई खोपको व्यवस्था नभए पेट्रोलियम ढुवानी बन्द हुन सक्ने चेतावनी दिएको छ ।
खोप उपलब्धताका लागि पटक-पटक आयल निगम र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गरेपनि हालसम्म पेट्रोलिय व्यवसाय क्षेत्रमा खोप उपलब्ध हुन नसकेको व्यवसायीहरूले बताएका छन्।
एसोसियसनले दिएको तथ्यांक अनुसार देशभर १० हजार ३ सय ४६ जना मजदुर पेट्रोलियम पम्पमा संलग्न रहेकाले सोही संख्या बराबर खोप आवश्यक छ।
बागमती पेट्रोलियम डिलर्स एसोसियसनका अध्यक्ष अचुत खड्काका अनुसार, बुधबारदेखि नै पेटोल पम्पहरुले तेल खरिद नगर्ने निर्णय लिएका हुन् । ‘हामीसँग तेल कम छ । पम्प बन्द हुँदैन, बाँकी भएको तेल बेच्छौं । तर भोलिदेखि तेल खरिद गर्दैनौं’ खड्काले भने ।
खोपको व्यवस्था नभएको भन्दै ट्यांकर चालकले आइबारदेखि इन्धन ढुवानी रोकेका थिए। तीन दिनदेखि पम्पमा तेल आपूर्ति नहुँदा मौज्दात सकिँदै गएको छ । पेटोलपम्पमा काम गर्ने मजदुरले खोप लगाउन नपाए खरिद प्रक्रिया नै रोकेपछि तेलको हाहाकार हुन सक्ने देखिएको छ ।
तर सरकारले भने तेल खरिद नगर्नेमाथी कारवाही गरिने जनाएको छ । पम्प व्यवसायीले तेल खरिद नगरे कानूनअनुसार कारबाही गर्ने नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले बताए।
इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको भने आन्दोलन फिर्ता भएको छ ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएपछि आन्दोलन फिर्ता भएको हो ।
ट्यांकर चालकलाई भने बुधबारदेखि खोप लगाइँदै छ । उनीहरुलाई बलम्बु पुलिस हस्पिटलबाट खोप लगाइने छ।


















जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
दुई दिन सार्वजनिक बिदाले मानहुँकोटमा बढ्यो पर्यटकको चहलपहल
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया