ट्यांकर चालकले लिए आन्दोलन फिर्ता

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइदिने भएपछि इन्धन ढुवानी गर्ने ट्यांकर चालकले गरेको आन्दोलन फिर्ता भएको छ । सरकारले खोप दिने भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता लिएका हुन् ।
नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई भोलि बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो,’ संघका अध्यक्ष ईश्वर लामाले भने, ‘हामीले गर्दै आएको आन्दोलन फिर्ता लिने निर्णय गरेका छौँ ।’
बागमती प्रादेशिक डिपो कार्यालय थानकोटका ट्यांकर चालक र सहचालकले निगमले उपलब्ध गराएको परिचय पत्रको आधारमा खोप लगाउन पाउने भएका हुन् । दुई पक्षबीच भएको सहमतिअनुसार थानकोट डिपोले करिब ९ सय चालक तथा सहचालकलाई खोप लगाउन परितय पत्र दिनु पर्ने छ ।
यस्तै अमलेखगञ्जबाट झण्डै एक हजार ४ सय चालक–सहचालकलाई उतै खोप दिने सहमति भएको भएको छ । कोरोनाविरुद्धको खोप नपाएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आह्वानमा बागमती प्रदेशभर आइतबारदेखि पेट्रोलियम पदार्थको ढुवानी अवरुद्ध भएको थियो ।










गैरमुस्लिम विदेशीका लागि साउदी अरबमा रहेकाे एकमात्रै मदिरा पसलमा ग्राहककाे भिड
बालुवाटारमा प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछाने भेटवार्ता जारी
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
प्रतिक्रिया