प्रचण्डलाई माओवादी रसुवा पार्टी कमिटीको ३८ बुँदे सुझाव (पत्रसहित)

रसुवा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)लाई रसुवा जिल्ला कमिटिले ३८ बुँदे सुझाव पठाएको छ । अबको पार्टीको राजनैतिक वैचारिक पक्ष, संगठनात्मक संरचना, नेता-कार्यकर्ताको आचरण, राष्ट्रियता र अन्य विषयमा केन्द्रीत रहेर रसुवा जिल्ला कमिटीले प्रचण्डलाई सुझाव पठाएको हो ।
माओवादी रसुवा जिल्ला कमिटीको जेठ २९ गते बसेको बैठकमा उठेका छलफल र निष्कर्षका आधारमा जिल्ला कमिटीका तर्फबाट अध्यक्ष इन्द्रप्रसाद गोतामे (जगतजंग)ले प्रचण्डलाई सम्बोधन गरेर सुझाव पठाएका हुन् ।
सुझावमा पार्टी हेडक्वटर व्यवस्थित, चुस्त, दुरुस्त बनाउँदै योजना तर्जुमा, सुचना संकलन र सम्प्रेषण, जनमानसमा उठेका कुराप्रति समयमै जवाफदेहिता हुन आवश्यक देखिएकोदेखि नक्कली राष्ट्रवादको नाममा भएको राष्ट्रिय आत्मसमर्पणवादको व्यापक भण्डाफोर गर्ने कार्य नीति बनाउनसम्म सुझाव दिइएको छ ।
एमसीसी तथा हिन्द–प्रशान्त जस्ता सैन्य रणनीतिलाइ कुनै पनि हालतमा लागु हुन नदिने गरी पार्टीले भूमिका खेल्नु पर्नेदेखि सबै संगठन र संघर्षहरुमा जनताको सहभागिता, नेता तथा कार्यकर्ताहरुमाथि जनताको निगरानी, नियन्त्रण र आवश्यकता परेमा जनताको हस्तक्षेपसमेत गर्न सकिने नीतिको निर्माण गरेर जानु पर्नेमा जोड दिइएको छ ।
त्यस्तै, अधिकार सम्पन्न विज्ञहरुको अनुशासन, अख्तियार र मुल्यांकन आयोग गठन गरी नेता कार्यकर्ताका आचरण सम्बन्धि उठेका सवालहरुको निरन्तर हल गर्नु पर्नेमा पनि रसुवा माओवादीले प्रचण्डलाई सुझाव पठाएको छ ।
एक व्यक्ति, एक पद र मुख्य मुख्य क्रान्तिको अवस्थाबाहेक मुख्य पदमा दुई कार्यकालको नीतिलाई अबलम्वन गर्नु पर्नेमा जोड दिनुपर्ने सुझाव रसुवा माओवादीको छ ।
हेर्नुहोस् रसुवा माओवादीले प्रचण्डलाई पठाएको सुझावपत्र










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया