सबै पत्रकारलाई कोरोना खोपको व्यवस्था गर्न माग

काठमाडाैं । स्वास्थ्य जोखिममा राखेर कार्यक्षेत्रमा खटिने पत्रकारका लागि कोरोनाविरुद्धको खोपको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले जस्तोसुकै विषम परिस्थितिमा पनि काउन्सिल पत्रकारको साथमै रहने प्रतिबद्धता व्यक्त गरे । उहाँले सातवटै प्रदेशबाट सुझाव सङ्कलन गरी प्रतिवेदन बनाएर छिट्टै पत्रकारको पक्षमा निर्णय गर्ने जानकारी दिए ।
पत्रपत्रिका वर्गीकरणको नतिजा समयमै सार्वजनिक गर्ने जनाउँदै अध्यक्ष बस्नेतले लोककल्याणकारी विज्ञापनको रोकिएको रकम निकासाको लागि सम्बन्धित निकायमा पहल गर्ने बताए । काउन्सिलका सदस्य हरिप्रसाद जोशीले काउन्सिलबाट प्रदेशभरका पत्रकारको अवस्था र पत्रकार आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा जानकारी लिने कार्य भइरहेको बताए ।
















कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
अरनिको राजमार्ग विस्तार : सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
नयाँ नियमावलीमा सांसदको विशेषाधिकार प्रस्ताव
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया