बुधबार, जेठ ७, २०८२

बाढी प्रभावितको उद्धार र राहतमा जुट्न सभामुख सापकोटाको अपिल

मेरोन्यूज २०७८ असार २ गते ९:१६

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बाढी पहिरोबाट प्रभावितको उद्धार र राहतमा जुट्न सबैलाई अपिल गरेका छन् ।

सभामुख सापकोटाले सामाजिक सञ्जाल मार्फत सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीबाट प्रभावितको राहत र उद्धारमा खटिन अपिल गरेका हुन् ।

हिजो साँझदेखि लगातार आइरहेको बाढीका कारण मेलम्ची, इन्द्रावती र भोटेकोसी नदीको तटीय क्षेत्रमा ठूलो क्षति भएको छ । सभामुख सापकोटा आजै स्थलमार्ग हुँदै प्रभावित क्षेत्रमा जाने उनका प्े्रस सल्लाहकार श्रीधर न्यापानेले जानकारी दिए ।

प्रतिक्रिया