सोमबार, मंसिर २९, २०८२

बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारसँग देउवाको माग

मेरोन्यूज २०७८ असार २ गते ९:५२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढीपहिरोमा परेकाहरूलाई तत्काल उद्धार गर्न सरकारसँग माग गरेका छन्।

सभापति देउवाले माइक्रो ब्लगिङ साइट ट्वीटरमा बुधबार ट्वीट गर्दै अविरल वर्षापछि मनाङ र सिन्धुपाल्चोकलगायत देशका विभिन्न क्षेत्रमा बाढीपहिरो तथा कटानले विकराल रूप लिएकाले उद्धारका लागि सरकारसँग माग गरेका हुन्।

विपदमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न र उनीहरूलाई राहत प्याकेज घोषणा गर्न सरकारसँग देउवाको आग्रह छ ।

यस्तै उनले यो कठिन अवस्थामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आ–आफ्नो क्षेत्रमा उद्दार र राहतमा खटिन पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया