विश्वासको मत लिन मुख्यमन्त्री पोखरेलले गराए सूचना दर्ता
मेरोन्यूज
२०७८ असार २ गते १२:५७

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी शुक्रबार विश्वासको मत लिने भएका छन् । उनले विश्वासको मत लिने तयारी गरेका हुन् ।
गत जेठ २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन् । उनले असार ४ गते शुक्रबार विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मत लिनुभन्दा दुई दिनअघि संसदलाई सरकारले जानकारी दिनु पर्ने संवैधानिक व्यवस्था भएकाले संसद सचिवालयमा उनले विश्वासको मतका लागि सूचना दर्ता गराएका छन् ।
पोखरेल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धमा मुख्यमन्त्री बनेका हुन् ।
संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया