मंगलबार, वैशाख ९, २०८२

वर्षा, बाढी र उद्धारका लागि यी नम्बरमा फोन गर्नुहोस्

मेरोन्यूज २०७८ असार २ गते १३:००

काठमाडौं । बर्षा र बाढीका बारेमा जानकारी लिन र उद्धार माग्नका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई नम्बर उपलब्ध गराएको छ ।
गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणका अनुसार देशका विभिन्न क्षेत्रको वर्षा र बाढीबारे थाहा पाउन ११५५ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको हो ।
यस्तै, विपद्मा परेकाले उद्धारका लागि मद्दत माग ११४९ नम्बरमा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया