विपद् जोखिम व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक ४ बजे बस्दै

काठमाडौं । विपद्प जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्ने भएको छ । परिषद्को बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा (आज ) बुधबार अपरान्ह ४ बजे बस्न लागेको हो । गएरातिदेखि परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न जिल्लामा भौतिक र मानविय क्षति भइरहेको छ ।
सोही विषयमा बैठकमा समीक्षा हुनेछ , प्रतिकार्यको विषयमा पनि निर्णय हुने बताइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने परिषद्मा सरोकारवाला मन्त्री, विपक्षी दलका नेता, सबै प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, प्रधानसेनापति, राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत लगायत सदस्य रहन्छन् ।
यसअघि बुधबार बिहान १० बजे विपद् जोखिम तथा व्यवस्थापन कार्यकारी समितिको बैठक गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो ।









चुनावमा नउठ्ने घोषणा गर्दै अष्टलक्ष्मीले भनिन्– ‘म नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त होऔँ’
पुरानै संरचनामा फर्कियो एमाले, पदाधिकारी १९, स्थायी कमिटी यथावत
एमाले महाधिवेशनको बन्दसत्र सुरु हुने समय फेरि सर्याे
डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया