झलनाथ खनालले भने : निको भई स्वदेश फर्किन्छु

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले आफू निको भएर स्वदेश फर्केर आउने बताएका छन् । एकपछि अर्को स्वास्थ्य समस्या देखिएपछि डाक्टरहरूको सल्लाहमा थप उपचारका लागि भारतको एपोलो अस्पताल जानुअघि उनले निको भएर फर्केर आउने विश्वास व्यक्त गरेका हुन् ।
देशमा बिथोलिएको राजनैतिक अवस्थाले आफूलाई चिन्तित बनाएको भन्दै खनालले राजनैतिक दलहरू विवाद र ध्रुवीकरणले विभाजन उन्मुख भएका छन् । आगामी दिनमा देशका प्रमुख दलहरू र तिनका नेताबीचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गर्न सुझाव दिए ।
‘हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरूको बलिदान, हजारौं योद्धाहरूको रगत पसिना, कैयौँको प्रवास, जेल, भूमिगत जीवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो बिन्दुसम्म आइपुगेको हो,’ खनालले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस् र बन्नेछ भन्ने अपेक्षा राखेको छु ।’
उनले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृयाअन्तर्गत फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता तथा कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई देखिएको स्वास्थ्य समस्या के हो ?
ज्वरो आएपछि र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि उनलाई गत सोमबार काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई अस्पतालमा अक्सिजनको सर्पोटमा राखिएको थियो ।
नेपालमा भएको उपचारमा उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि थप उपचारका लागि भारत लगिएको हो ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया