धितोपत्रको हस्तक्षेपले नेप्सेमा पहिरो

काठमाडौं । मंंगलबार शेयर बजारमा कम्पनीले अनैतिकता गरेको आरोप धितोपत्रले गरेपछि (आज) बुधबार नेप्सेमा पहिरो गएको छ । धितोपत्र बोर्डले मंगलाबार हस्तक्षेपकारी भुमिका निभाउँदै ५१ कम्पनीको शेयर नकिन्न सर्वसाधारणलाई आग्रह गरेसँगै नेप्से बुधबार ५२ दशमलब ४१ अंकले ओरालो लागेको हो । यो अघिल्लो दिनको तुलनामा १ दशमलब ७३ प्रतिशतले कमी रहेको स्टक एक्सचेञ्जले जनाएको छ ।
मंगलबारको सूचनासँगै लगानीकर्तामा त्राहिमाम भएर शेयर बिक्रिमा उत्रिँदा नेप्सेमा पहिरो लागेर २ हजार ९ सय ६९ दशमलब ६९ बिन्दुमा पुगको हो । बुधबार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमा लघुवित्त बाहेक अरु सबैले घाटा व्यहोरेकाले पनि नेप्सेमा ऋणात्मक देखिएको स्टक एक्सचेञ्जको दाबी छ ।
सबैभन्दा बढी निर्जीवन बिमाको मूल्यमा गिरावट आएको छ । विकास बैंक, होटल्स एन्ड टुरिजम्स, हाइड्रो पावर, फाइनान्सको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । बुधबार बैंकिङ उपसूचक भने झिनो अंकले घटेको छ ।
कूल २ सय १९ कम्पनीको १ लाख ६७ हजार ९ सय ३८ कारोबारबाट १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३ सय १९ रुपैयाँ बराबरका २ करोड ८२ लाख ८९ हजार १ सय २९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जको मापनले देखाएको छ ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया