युरोकपमा तीन खेल हुँदै, कुन देशसँग कुन भिड्दै

काठमाडौँ । युरोकप फुटबलमा आज बुधबार तीन खेलहरू हुने भएको छ । आजको खेलमा समूह ‘ए’को दुई खेल र समूह ‘बी’को एक खेल हुनेछ ।
आज हुने पहिलो खेलमा फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’मा रहेको फिनल्याण्ड र रुसबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा फिनल्याण्डले डेनमार्कलाई १–० ले हराएको थियो । ३ अंक जोडेको फिनल्याण्ड समूहको दोस्रो स्थानमा रहेको छ भने पहिलो खेलमा रुस बेल्जियमसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।
आजको दोस्रो खेलमा वेल्स र टर्कीबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ए’को वेल्स र टर्कीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा वेल्सले स्विजरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने टर्कीलाई पहिलो खेलमा इटालीले ३–० ले हराएको थियो । यस समूहमा वेल्स १ अंक जोडेर तेस्रो र टर्की अंकविहीन रहँदै पुछारमा रहेको छ ।
आज हुने तेस्रो खेलमा इटाली र स्विजरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इटाली र स्विजरल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा इटालीले टर्कीलाई हराएको थियो । इटाली ३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने स्विजरल्याण्ड १ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
स्विजरल्याण्डले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो । तर, आज इटालीलाई हराएर स्विजरल्याण्ड पहिलो जित निकाल्न चाहन्छ ।













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया