माधव नेपाल र बाबुराम भट्टराईबीच भेटवार्ता
नेपाल निवास कोटेश्वर विपक्षी गठवन्धनका नेताहरुको वन्न थाल्यो भेटघाटको थलो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरोधी मोर्चा बनाएका नेताहरुको केही अगाडिसम्म कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ भेटवार्ता हुन्थे । देउवाका निवासमा नेताहरु ओहोर–दोहोर बाक्लो हुन्थ्यो ।
तर केही दिन यता भने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालको निवासमा जमघट शुरु हुन थालेका छन् ।
नेपाल निवासमा दुई दिन अगाडि कांग्रेस सभापति देउवा, महामन्त्री पूर्णबहादुर खड्का र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेता नेपालसँग सामूहिक भेटवार्ता गरेका थिए ।
समसामायिक विषयमा छलफल गदैं विपक्षी मोर्चालाई थप कसिलो बनाउने र प्रदेश तहसम्ममै गठबन्धन बलियो बनाउँदै लैजाने निष्कर्ष नेताहरुले निकालेका थिए ।
बुधबार भने जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेपाल निवास पुगेका छन् । एमाले वरिष्ठ नेता नेपालको कोटेश्वरस्थित निवासमा अहिले नेपाल र डा भट्टराईका बीचमा संवाद भइरहेको छ ।
केही बेर अगाडिबाट जारी भेटवार्ता मुलुकको राजनीतिक अवस्था, उत्पन्न संकटलगायत विषयमा केन्द्रित रहेर भइरहेको बताइएको छ ।
नेपाल एमालेको ओलीकै विरुद्धमा विपक्षी कांग्रेस-माओवादी र जसपाको उपेन्द्र–बाबुरामको संयुक्त मोर्चाबन्दीमा छन् ।
केही समययता नेता भट्टराईले व्यवस्था उल्टाउन ठूला चलखेल भएको र त्यसबाट मुलुकलाई बचाउन र गणतन्त्रको रक्षाकै लागि पनि ओलीको वर्हिगमन गर्नुपर्ने बताउँदै आइरहेका छन् । यस्तो बेला भट्टराई नेपाललाई भेट्न एक्लै नेपाल निवास कोटेश्वर पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया