कर तिर्ने समय असार २५ गतेसम्म थपियो

काठमाडौँ । सरकारले कर तिर्ने समय बढाएर असार २५ गतेसम्म पुर्याएको छ । निषेधाज्ञा जारी रहेकै समयमा सरकारले जेठ मसान्तसम्म कर भुक्तानी गरिसक्नु पर्ने असंवेदनशील निर्णय गरेको भन्दै चौतर्फी विरोध भएपछि आन्तरिक राजस्व विभागले विभिन्न शीर्षकअनुसार समय थपेको हो ।
नेपाल चेम्बर अफ कमर्श, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत विभिन्न उद्योगी व्यवसायी संघ संगठनले विरोध गरेका थिए । उनीहरूले निषेधाज्ञा खुलेको कम्तीमा ३ महिना समय चाहिने बताउँदै आएका छन् । गत वर्ष २०७७ सालको लकडाउनमा पनि सोही माग राख्दा सरकारले असार १५ गतेसम्मको समय दिएको थियो ।
निषेधाज्ञाले उद्योगधन्दा ठप्प भएकाले तत्काल कर तिर्न नसक्ने उनीहरुको दाबी छ । फागुन, चैत र वैशाखको बुझाउनु पर्ने विवरण तथा विवरण बमोजिमको अन्त शुल्क दाखिला गर्ने म्यादसमेत असार २५ गतेसम्मका लागि अर्थ मन्त्रालयको बुधबार बसेको बैठकको निर्णयानुसार समय थपेको हो । यसबारे विभागले आज बुधबार विज्ञप्ति जारी गरी जानकारी दिएको हो ।
मूल्य अभिवृद्धि करको हकमा गत फागुन, चैत र वैशाखको मासिक कर विवरण तथा गत माघ, फागुन, चैत र वैशाख महिनाको द्विमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकिएको छ ।
विभाग निर्देशक एंव सूचना अधिकारी अर्जुन ढकालले जारी गरेको विज्ञप्तिअनुसार तोकिएको समय सीमाभित्र शुल्क र ब्याज नलाग्ने उल्लेख गरिएको छ । उनले यसबीचमा केही समस्या आए सहजीकरण गरिने जानकारी समेत दिए ।
अग्रीम कर कट्टी र अग्रीम कर असुलीको विवरण बुझाउने म्याद तथा ती विवरण बमोजिमको कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको आन्तरिक राजश्व कार्यालयले जनाएको छ । चैत महिनामा बुझाउनु पर्ने आर्थिक वर्षको संशोधित कर विवरण र दोश्रो किस्तावापतको रकम दाखिला गर्ने म्याद असार २५ गतेसम्मका लागि तोकिएको हो । फागुन, चैत र वेैशाखको शिक्षा सेवा शुल्क, टेलिफोन शुल्क तथा दुरसञ्चार सेवा दस्तुर दाखिला गर्ने समयावधि पनि असार २५ गतेसम्मका लागि बढाइएको छ ।

















सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति हर्क साम्पाङको आपत्ति,पहिले पुनर्बासको व्यवस्था होस्
बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक ट्राफिको कारबाहीमा
कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया