‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’

काठमाडाैं । होटल सङ्घ नेपाल (हान)ले होटल क्षेत्रमा तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको छ । हानका अध्यक्ष सृजना राणाको नेतृत्वमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री विमलप्रसाद श्रीवास्तवलाई भेटेर कोरोनाका कारण होटल क्षेत्र नराम्रोसँग थला परेको भन्दै बजेटले व्यवस्था गरेजस्तो श्रमिकलाई तत्काल नयाँ तलवमान कार्यान्वयन गर्न नसकिने बताएको हो ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले कोरोनाका कारण तोकिएको तलबमान समेत भुक्तान गर्न नसकेको अवस्थामा वृद्धि गरिएको नयाँ तलवमान तत्काल उपलब्ध गराउन नसकिने बताए । नयाँ तलवमान उपलब्ध गराउन नसकिनेबारे होटल सङ्घ नेपाल र आधिकारिक ट्रेड युनियनबीच समझदारी भइसकेको शाहको भनाइ छ ।
हानले न्यूनतम तलबमान भुक्तान गर्न नसकिएको अवस्थामा सामाजिक सुरक्षा कोषमा सम्झौतामा तोकिएको रकमको आधारमा रकम जम्मा गर्न पाउने व्यवस्थाका लागि अनुरोध समेत गरेको छ । यस्तै, आव २०७८/०७९ को वार्षिक वजेटमा जेठ र असार महिनाको योगदान सरकारको तर्फबाट व्यहोर्ने घोषणा भएपनि वर्तमान अवस्थालाई ध्यानमा राखेर अति प्रभावित होटल उद्योगलाई मन्त्रालयको पहलमा थप सहयोग र अन्य सुविधा उपलब्ध गराउन हानले आग्रह समेत गरेको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया