महाधिवेशनको कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजे बोलाइएको बैठकले आसन्न १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नेछ ।
कांग्रेस पदाधिकारी बैठकले यसअघि आगामी भदौ ७ देखि १० गतेसम्म तय भएको पार्टीको १४ औं महाधिवेशनको मिति ९ दिन पर सारेर १६ देखि १९ गतेसम्म गर्ने गरी निर्णय गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
आजको बैठकले पदाधिकारी बैठकको सिफारिसका आधारमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने देखि वडा तहदेखिका अधिवेशनको कार्यतालिका संशोधन गर्ने नेता एनपी साउदले जानकारी दिए ।
त्यस्तै बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबीलगायत विषयमा पनि छलफल हुने केन्द्रीय सदस्य साउदले बताए ।














सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो
भेनेजुएलाका उद्योगमन्त्री साबलाई पदबाट बर्खास्त
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित)
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैनः संयोजक दाहाल
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
नेपाली कांग्रेसको सभापतिमा थापा निर्विरोध निर्वाचित
प्रतिक्रिया