महाधिवेशनको कार्यतालिका संशोधन गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजे बोलाइएको बैठकले आसन्न १४औं महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका संशोधन गर्नेछ ।
कांग्रेस पदाधिकारी बैठकले यसअघि आगामी भदौ ७ देखि १० गतेसम्म तय भएको पार्टीको १४ औं महाधिवेशनको मिति ९ दिन पर सारेर १६ देखि १९ गतेसम्म गर्ने गरी निर्णय गर्न केन्द्रीय समितिमा सिफारिस गरेको थियो ।
आजको बैठकले पदाधिकारी बैठकको सिफारिसका आधारमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउने देखि वडा तहदेखिका अधिवेशनको कार्यतालिका संशोधन गर्ने नेता एनपी साउदले जानकारी दिए ।
त्यस्तै बैठकमा मुलुकको समसामयिक राजनीति, प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट र प्रधानमन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवाको दाबीलगायत विषयमा पनि छलफल हुने केन्द्रीय सदस्य साउदले बताए ।
















सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया