जसपाको यादव समूहको कार्यकारिणी समिति बैठक बस्दै
मेरोन्यूज
२०७८ असार ३ गते ९:२४

काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)को अधयक्ष उपेन्द्र यादव समूहले आज कार्यकारिणी समिति बैठक बोलाएको छ ।
बिहान साढे ११ बजे बस्ने बैठकमा पार्टीको आधिकारिकता दाबी गर्ने, पार्टी विधान र अनुशासन उल्लंघन गर्ने नेताहरूलाई कारबाही गर्नेलगायत विषयमा छलफल हुने केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।
तर, पार्टीको अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले भने कार्यकारिणी समिति बैठक आह्वान नभएको बताएको छ ।
अध्यक्ष ठाकुरले बुधबार साँझ विज्ञप्ति निकाल्दै कार्यकारिणी समिति बैठक आह्वान नभएको र सहभागी नहुन आफू पक्षका नेतालाई आग्रह गरेका थिए ।
सत्ता समीकरणका विषयमा जसपामा विवाद छ । यादव समूह विपक्षी गठबन्धनमा छ भने ठाकुर समूह वर्तमान सरकारमा सहभागी भएको छ ।
सम्बन्धित
















सुनको मूल्य प्रतितोला दुई हजार २०० र चाँदी ७५ ले घट्यो
ट्रम्पको ‘नरक’ पोस्टले भारत र अमेरिकाबीच चर्कियो कूटनीतिक विवाद
हर्मुज तनावबीच अमेरिका-इरान युद्धविराम विस्तार
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारी कदमप्रति जेन-जी मुभमेन्टको आपत्ति,बल प्रयोग गरिए आन्दोलनमा उत्रने चेतावनी
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया