सिन्धुपाल्चोकका बाढी प्रभावितलाई काठमाडौँ महानगरले आर्थिक सहयोग गर्ने
मेरोन्यूज
२०७८ असार ३ गते १३:५८

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई आर्थिक सहयोग गर्ने भएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ दिने घोषणा गरेका छन् ।
हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएकाले सो क्षेत्रका बाढी प्रभावितको राहत तथा उद्धारका लागि उक्त रहकम दिइने मेयर शाक्यले बताए । मंगलबार राति आएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका मानिस घरबारविहीन भएका छन् भने बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा समेत क्षति पुर्याएको छ ।
सम्बन्धित










कीर्तिपुर मैदानमा पहिलो पटक फ्लड लाइटमा खेल्दाको अनुभव- एउटा सपना पूरा भयो
बालविवाहलाई घटाउन टीकापुरमा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम
जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ
झापा आएका १५ हात्ती मोरङतिरै फर्किए
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
जेनजी आन्दोलनका अमर प्रहरी राय, यही वर्ष जापान जाने तयारीमा थिए
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
प्रतिक्रिया