राहतमा राजनीति
राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राजनीति गरेकाे भन्दै मेलम्चीवासीकाे विराेध (भिडियाेसहित)
राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद

काठमाडाैं । बाढी पीडितलाई राहत बाँड्ने क्रममा राजनीति गरेकाे भन्दै मेलम्चीबासीले नेकपा (एमाले)का कार्यकर्तालाई लखेटेका छन् । बाढी पीडित बस्दै आएकाे मेलम्चीकाे इन्द्रेश्वरी माविमा राहत बाँड्ने क्रममा एमालेका कार्यकर्ताले राहत भन्दा राजनीति गरेकाे भन्दै पीडितले लखेटेका हुन् ।
बाढी पीडितको लागि ल्याएको राहतमा एमाले निकट संगठन अनेरास्ववियुले व्यानर भित्तामा टालेर राहत वितरणभन्दा बढी विज्ञापन गरेको भन्दै मेलम्चीवासीले विराेध गरेकाे मेलम्चीबाट स्थानीय पत्रकार आदित्य दाहालले जानकारी दिए ।
खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको थियाे । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि विवाद उत्पन्न भएको मेलम्ची प्रहरी कार्यालयले जनाएकाे छ ।
स्थानीयले यो राजनीति गर्ने ठाउँ हैन भन्दै विरोध गरेपछि झडपकाे अवस्था सिर्जना भएकाे थियाे । बाढी प्रभावितलाई राहत बाँड्ने क्रममा एमालेका दुई पक्षबीच पनि विवाद भएकाे थियाे । एमालेकाे ओली र नेपाल पक्षबीच विवाद भएकाे हाे । राहत वितरणमा अनेरास्ववियूकाे झण्डा नराख्ने भने पनि नेपाल पक्षले झण्डा राखेपछि ओली पक्षले आपत्ति जनाउँदै हुलदंगा गरेकाे थियाे ।








एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग
२०८२ साल मंसिर २८ गते आइतबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर यस्ताे
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया