सर्वाेच्चलाई सभामुखकाे जवाफ- विश्वासकाे मतकाे परीक्षण गर्ने अधिकार राष्ट्रपतिलाई छैन (पूर्ण पाठ)
राष्ट्रपतिकाे निर्णय गैरसंवैधानिक भएकाे जिकिर

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकाेटाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वाेच्च अदालतलाई लिखित जवाफ दिँदै प्रधानमन्त्रीले विश्वासकाे मतकाे परीक्षण संसदमा मात्र हुने जिकिर गरेका छन् । आज महान्यायाधिवक्ताकाे कार्यालयमार्फत सर्वाेच्चमा लिखित जवाफ पठाउँदै सभामुख सापकाेटाले संविधानको धारा ७६ को उपधारा (१), (२), (३), (४), (५), (६) र (७) मा प्रधानमन्त्री नियुक्तिको प्रकृया, विश्वासको मत लिने तथा प्रतिनिधि सभा विघटन समेतको संवैधानिक व्यवस्था रहेको बताएका छन् ।
प्रतिनिधिसभाको पूर्ण कार्यकालको व्यवस्था गरी नेपालको संविधानको धारा ७६ बमोजिम प्रतिनिधि सभामा सरकार गठन गर्न सक्ने विकल्प रहँदासम्म प्रतिनिधि सभा विघटन गर्न नसक्ने संवैधानिक व्यवस्था गरेको र यस सन्दर्भमा सम्मानीत सर्वोच्च अदालतबाट समेत व्याख्या भई सकेको अवस्था रहेकाे पनि उनले स्मरण गराएका छन् ।
सभामुख सापकोटाले प्रतिनिधिसभामा १४९ जना सदस्यको समर्थनसहित संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधिसभामात्र रहेको जिकिर गरेका छन् ।
प्रतिनिधि सभामा १४९ जना सदस्यको समर्थन सहित धारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्न माननीय शेरबहादुर देउवाको दाबी प्रस्तुत भएपछि विश्वासको मत प्राप्त गर्न सक्ने आधार परीक्षण गर्ने स्थल भनेको प्रतिनिधि सभा मात्र रहेकाे भन्दै उनले राष्ट्रपतिलाई विश्वासको मत प्राप्त गर्न सक्ने आधारको परिक्षण गर्ने अधिकार धारा ७६(५) तथा धारा ६६ ले दिएको अवस्था समेत नभएकाे र राष्ट्रपतिकाे निर्णयसमेतका कार्य गैरसंवैधानिक रहेको बताएका छन् ।











सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक अवरुद्ध
नवलपरासीमा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, २ जना घाइते
काठमाडौँकाे मध्यवानेश्वर बाट सुनका गहना चोरी गर्ने व्यक्ति पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
पृथ्वीराजमार्ग आजदेखि यही मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द हुने
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया